नागरिकता र परिचयपत्रसहित निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

नागरिकता र परिचयपत्रसहित निर्वाचन आयोग जाँदै प्रचण्ड–नेपाल समूह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह आज निर्वाचन आयोग जाँदैछ ।

केन्द्रीय सदस्यहरुको नागरिकता र परिचयपत्रसहित प्रचण्ड–नेपाल समूहको नेकपा निर्वाचन आयोग जाने भएको हो । निर्वाचन आयोग जानु अघि प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक राखेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् विघटन गरेलगत्तै सत्तारूढ नेकपाका दुई पक्षले आफू आधिकारिक दल भएको दाबी गरिरहेका छन् ।

दुवैले आआफ्ना विवरण बुझाइसकेका भए पनि निर्वाचन आयोगले अहिलेसम्म यसको छिनोफानो गरेको छैन । दुवै समूह अहिले प्रमाण जुटाउन लागिपरिरहेका छन् ।