काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ६८ वटा जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ । गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाइएको हो ।
जसअनुसार तत्कालिन एमालेले ३३ र तत्कालिन माओवादीले ३५ वटा जिल्लामा नेतृत्व पाएकाे छ । बाँकी ९ वटा जिल्लामा पनि चाँडै नेतृत्व टुंगाे लगाइने नेकपाले जनाएकाे छ ।
प्रचण्ड–नेपाल समूहले तत्कालिन एमाले र माओवादीलाई ५०–५० का आधारमा नेतृत्व बाँडफाँड गर्ने सहमति गरेका छन् ।




प्रतिक्रिया