काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कानून व्यावसायीहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने संकेत पाएका नेताहरुले पार्टी कार्यालय पेरिसडाँडामा कानून व्यावसायीसँग छलफल गरेका हुन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत सहभागी उक्त भेलामा प्रधानमन्त्री अोलीका विकल्प र चाल्नसक्ने कदमका विषयमा छलफल भएको थियो ।
त्यस्तै छलफलमा नेपाल बार एशोसिएसनको सिफारिसमा नियुक्त हुने न्याय परिषद्को सदस्यको विषयमा समेत छलफल भएको छ । ।




प्रतिक्रिया