काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई काठमाण्डु बोलाएको छ ।
निर्वाचन आयोगले नेकपाको आधिकारिकताबारे प्रश्न उठाएपछि प्रचण्ड–नेपाल समूहले नागरिकता र परिचयपत्रसहित उपस्थित हुन निर्देशन दिएको हो ।
बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा परिचयपत्रसहित उपस्थित हुन निर्देशन दिएको हो । आयोगले आधिकारिकताबारे प्रचण्ड–नेपाल समूहलाई बोलाएपछि सबै केन्द्रीय सदस्यलाई बोलाइएको हो । आयोगले पार्टीको परिचयपत्र र नागरिकता बुझाउन निर्देशन दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा अोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई भागमा विभाजित भएको छ । ओली र प्रचण्ड–माधव नेपाल समूहले पार्टीको नाम आधिकारिकता र चुनाव चिह्नबारे दाबी गर्दै निर्वाचन आयोगमा उजुरी दिएका छन् ।




प्रतिक्रिया