काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षको संसदीय दलको बैठक बस्दैछ । शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बैठक बस्ने भएको हो ।
आजको बैठकमा आइतबारको आइतबार बस्ने प्रतिनिधिसभा बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावबारे छलफल हुने एक सांसदले बताए । उनले प्रधानमन्त्री अोलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने जानकारी दिए ।
‘सम्भवतः आज नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेछौं । आज नभए आइतबार दर्ता गराउँछौं । कांग्रेस र जसपाका साथीहरुसँग यसविषयमा छलफल भइसकेको छ’, ती सांसदले काठमाण्डुपाटीसँग भने ।




प्रतिक्रिया