काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले पार्टी एकता जोगाउने भएको छ ।
सोमबार प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका नेता रघुजी पन्तले पार्टी एकता जोगाउने विषयमा छलफल जारी रहेको जानकारी दिए ।
‘त्यो विषयमा त छलफल जारी नै छ । तर पार्टी एकता जोगाउन सकिन्छ भने जोगाउने सम्भावनाहरु खोज्नुपर्छ’ उनले भने, ‘यो एकता मुलुकको हीत, लोकतन्त्रको रक्षाका लागि भएको हो ।’
नेता पन्तले अदालतले फैसला गरेपनि पार्टीहरु आपसमा जुट्न सक्ने भन्दै अध्यक्ष प्रचण्ड र केपी शर्मा ओलीले एकताको आधारहरुलाई अगाडि बढाउन सकिने बताए ।
‘संविधानको रक्षा, देशभक्तिका लागि एकता महत्वपूर्ण थियो, यसलाई टिकाउन सकिन्छ, भंग हुन नदिने हो भने अदालतले फैसला गरेपनि पार्टीहरु आपसमा जुट्न त सक्छन्’, उनले भने, ‘त्यसो हुँदा अध्यक्ष प्रचण्ड र केपी ओलीले फेरि एकपटक कुरा गरेर एकताको आधारहरुलाई अगाडि बढाउन सकिन्छ भने त्यो काम गरौं ।’




प्रतिक्रिया