काठमाण्डु – प्र्रचण्ड–माधव नेपाल पक्ष पुरानै पार्टीमा जाने निर्णय गरेका छन् । सोमबार बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाअोवादी केन्द्र छुट्टिने निर्णय गरेको हो ।
नेता झलनाथ खनालले दुवै पार्टी अलग–अलग भएको जानकारी दिए । उनले एकीकृत भइसकेका पार्टीहरुलाई कानुनले नै दुईवटा पार्टीमा विभाजन गरेको भन्दै अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्दै पार्टी एकताका पक्षमा काम गर्ने बताए । उनी पेरिसडाँडाबाट फेरि भेटौंला भन्दै बाहिरिएका थिए ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक अन्तिम भएको बताए । उनले एमाले र माओवादी केन्द्रबीच पुनः पार्टी एकता गर्ने पहल जारी राख्ने बताए । प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उनले केपी शर्मा अोलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।
आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनष्ट पार्टी (नेकपा)लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।




प्रतिक्रिया