केन्द्रीय समिति बैठकपछि माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

केन्द्रीय समिति बैठकपछि माधव नेपाल भेट्न कोटेश्वर पुगे प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । आइतबार केन्द्रीय समितिको बैठकपछि अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।

अध्यक्ष प्रचण्ड र नेपालबीच पार्टीभित्रका समस्या र सत्ता समिकरणबारे महत्वपूर्ण छलफल हुने बुझिएको छ । माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच छलफल जारी राखेको छ ।

सर्वोच्च अदालतले नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्यूताएपछि प्रचण्ड–नेपाल आ–आफ्नो पार्टीमा फर्किएका थिए । एमालेमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि नेता नेपाल प्रचण्डसँग मिल्ने तयारी गरिरहेका छन् । उनले एमाले विभाजन गरेर प्रचण्डसँग एकता गर्ने तयारी गर्दै आएका छन् ।