संकटमा साथ दिने सांसदलाई मन्त्री उपहार !

संकटमा साथ दिने सांसदलाई मन्त्री उपहार !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गरेका हुन् । उनले पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूह छोडेका चार जना सांसदलाई मन्त्री बनाएका हुन् ।

मुख्यमन्त्री राईले माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका टंक आङबोहाङलाई अर्थमन्त्रालयको जिम्मेवारी दिएका छन् भने माधव नेपाल निकट रहेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । राई पूर्वमन्त्री एवं एमाले नेता शेरबहादुर तामाङकी पत्नी हुन् ।

भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ, कृषिमन्त्री राम राना रहेका छन् । कृषि राज्यमन्त्रीमा कला घले र वन राज्यमन्त्रीमा राजकुमार ओझा नियुक्त भएका छन् ।

उनले संकटका बेला साथ दिएका नेताहरुलाई रिक्त रहेको मन्त्रालयमा नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रदेश सांसदहरु दुई कित्तामा उभिएका थिए ।

तत्कालिन नेकपासँग मिलेर सरकार बनाएका मुख्यमन्त्रीविरुद्ध प्रचण्ड–नेपाल नेपाल समूहका केही सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । भने केही सांसद मुख्यमन्त्रीलाई संकटमा साथ दिने भन्दै ओली समूहमा लागेका थिए ।

प्रदेश– १ संसदीय दलको नेतासमेत रहेका आङ्बुहाङ एमालेमा प्रवेश गरेका थिए । आङ्बुहाङ पार्टीभित्र सम्मान नपाएको भन्दै संसदीय दलको नेता तथा सांसद पद नै बाजी लगाएर एमालेमा गएका थिए ।