काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टीको मान्यताबारे ढिलाई गरेको भन्दै निर्वाचन आयोगलाई पत्र लेखेको छ ।
प्रचण्ड–नेपाल समूह नेताहरूले शुक्रबार दिउँसो निर्वाचन आयोगलाई पत्रमार्फत बहुमतबाट सबै प्रक्रिया पूरा गर्दा पनि निर्वाचन मान्यता नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
नेता राजेन्द्र पाण्डेले पार्टीको आधिकारिकताबारे तत्काल विवाद अन्त्य गर्न आग्रहसहितको पत्र बुझाइएको जानकारी दिए । जवाफमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार बैठक बसेर विवाद टुंगो लगाउने बताएका थिए ।
प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइसकेकाले किन आनाकानी गरेको ? भन्दै पत्र लेखेको थियो । प्रचण्ड–नेपाल पक्षले माघ २० गते आयोगमा बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।




प्रतिक्रिया