काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
शुक्रवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले समसामयिक विषयमा कुराकानी भएको बताए ।
नेकपा सचिवालय बैठक शनिवार बस्दै छ । शनिवारको बैठकअघि ओली प्रचण्डको भेट भएको हो ।
नेकपामा प्रधानमन्त्रीको बिकल्प खोज्न माग उठिरहेका बेला प्रचण्डको सक्रियता बढेको छ । त्यस्तै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच आजै भेटवार्ता भएको छ ।




प्रतिक्रिया