माधव नेपाल भेट्न कोटेश्वर पुगे देउवा र प्रचण्ड

माधव नेपाल भेट्न कोटेश्वर पुगे देउवा र प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालसँग भेट गर्न विपक्षी दलका नेता कोेटेश्वर पुगेका छन् ।

नेता नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका हुन् ।

तीन नेताबीच पछिल्लो विकशित राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको स्रोतले जानकारी दियो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले एमालेलाई ०७५ जेठ २ अनुसार कायम पार्टी संगठनका बैठक बोलाउन तयार भएका छन् । तर, नेपाल समूहले भने प्रतिनिधिसभा विघटनको मुद्दा फिर्ता लिनुपर्ने माग राख्दै आइरहेको छ ।