काठमाण्डु – नेपाल कम्युनिट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले सरकारविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जारी प्रचण्ड–नेपाल समूहको बैठकले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।
गैरसंवैधानिक तरिकाले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै थप सशक्त आन्दोलनको तयारी भएको प्रचण्ड–नेपाल समूहका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।
उक्त समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर आन्दोलन गर्न तयारी गरेको थियो । तर, कांग्रेसले संस्द विघटनको विरोध गरे पनि आगामी वैशाखमा हुने निर्वाचनको तयारी थालेको छ ।




प्रतिक्रिया