काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधव नेपालबीच भेटवार्ता भएको छ । सोमबार बिहान नेता निवास कोटेश्वरमा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको स्रोतले जानकारी दियो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अोलीले २०७५ जेठ २ को अवस्थामा फर्किन आफू तयार रहेको भन्दै आइतबार ६ बुँदे प्रस्ताव ल्याएपछि दुवै नेता छलफलमा जुटेका हुन् ।
ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाएर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने विश्वास व्यक्त गरेका थिए ।




प्रतिक्रिया