माओवादी केन्द्रकाे महाधिवेशनमा प्रचण्डपथ ब्यूँताउने प्रस्ताव

माओवादी केन्द्रकाे महाधिवेशनमा प्रचण्डपथ ब्यूँताउने प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनमाथिको छलफलमा सहभागी नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विचारधाराले पार्टीलाई पुनर्जीवन दिने निष्कर्ष सुनाएका छन् ।

गत आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अध्यक्ष प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । सो प्रतिवेदनमाथि मंगलबार २५ समूहमा छलफल भएको छ भने बुधबारबाट समूहगत छलफलको निष्कर्ष प्रस्तुत भइरहेको छ ।

बुधबार ११ वटा समूहले निष्कर्ष सुनाइसकेका छन् भने बाँकीले बिहीबार प्रस्तुत गर्ने कार्य चलिरहेको छ । बिहीबार बिहान ११ बजेबाट सुरु भएकोमा अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरिसकेका छन् ।

बिहीबारको बन्दसत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट श्रीकृष्ण अधिकारीले आफ्नो समूहको निष्कर्ष पेस गरेका हुन् भने त्यसपछि क्रमशः सल्लाहकारहरुको समूह ‘क’ को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेका छन् ।

सम्पर्क समन्वय विशेष प्रदेश समितिका टोली नेता श्रीकृष्ण अधिकारीले आफ्नो समूहको निष्कर्ष राख्दै प्रचण्डपथ तत्कालीन समयको विचार रहेको बताए ।

‘अहिले परिस्थिति बदलिएको छ । अहिले प्रचण्डको दस्तावेज आएको छ । यो अग्रगामी मात्रै छैन अबको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नेगरी आएको छ,’ उनले भने, ‘अब यसलाई प्रचण्ड विचारधारा भनेर जाउँ । प्रचण्ड विचारधाराको नेतृत्वमा बृहत कम्युनिस्ट एकताको आह्वान गरौँ । यसले मात्र माओवादीलाई पुनर्जीवन दिन्छ ।’