स्थायी समिति बैठक बोलाउन प्रचण्डलाई दबाब

स्थायी समिति बैठक बोलाउन प्रचण्डलाई दबाब

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले स्थायी समिति बैठक बोलाउन माग गरेका छन् । नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी समिति बैठक बोलाउन दबाब दिएका छन् ।

पछिल्लो समय सरकारले पार्टीभित्र छलफल नै नगरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र असन्तुष्टी बढेको हो । पार्टीभित्र छलफल नै नगरी रातारात अध्यादेश जारी गरेपछि अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना भइरहेको छ ।

पछिल्लो समय नेकपाभित्र अध्यादेशलाई लिएर असन्तुष्टी बढिरेहको छ । यस्तो बेलामा स्थायी समितिमा छलफल गर्नुपर्ने कुरा नेताहरुले राख्दै आएका छन् ।

‘पार्टी गम्भीर संकटमा फस्ने देखिएको छ । प्रधानमन्त्रीज्यूको उकलौटी निर्णयले नेकपाका नेताहरु नै आजित भइसकेका छौं । अब यस्ता विवादित विषयलाई स्थायी समिति बैठकमा छलफल गर्नुको विकल्प छैन्,’ नेकपाका एक जना नेताले भने ।

त्यस्तै अध्यक्ष प्रचण्डले उपत्यकाबाहिर रहेका आफूनिकट सबै नेतालाई काठमाडौं डाकिसकेका छन् । प्रचण्डले नेताहरुसँग छलफल तिव्र बनाएका छन् ।

काठमाडौं बाहिर रहेका नेता जनार्दन शर्मा, चक्रपाणि खनाल र मातृका यादवलाई काठमाडौं बोलाइएसको छ ।