काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहले आफ्ना केन्द्रिय सदस्य र सांसदहरुलाई अलर्ट रहन दिर्नेशन दिएको छ ।
हिजो (बुधबार) मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल समूहले आज उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्य तथा सांसदहरुलाई अलर्ट रहन भन्दै आज फेरि पेरिसडाँडा बोलाएको हो ।
पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘परामर्श’ गर्नका लागि आज दिउँसो १२ बजे उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई पार्टी कार्यालयमा बोलाएको केन्द्रीय कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिए ।
त्यस्तै प्रचण्ड–नेपाल समूहले अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान भनेको छ । समसामयिक विषयमा परामर्शका लागि भनिए पनि विषय प्रस्ट भइसकेको छैन ।
आजै सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सो सहमतिमा विप्लवमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा गरिएको छ ।




प्रतिक्रिया