काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।
आइतवार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्रको विवाद थप जटिल मोडमा पुगेको छ ।
ओलीको उक्त कमदप्रति विरोध गर्दै नेकपाका प्रचण्ड–नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहित छलफलमा जुटेका नेताहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका छन् ।
आधिकारिक धारणा भने छलफलपछि नै सार्वजनिक गरिने भएको छ । आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ । बैठकमा ओली भने सहभागि नहुने अडानमा छन् । तर, सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।




प्रतिक्रिया