प्रचण्डको दौडधुप : प्रधानमन्त्री देउवालाई भेटेलगत्तै माधव नेपाल भेट्न सिंहदरबारमा

प्रचण्डको दौडधुप : प्रधानमन्त्री देउवालाई भेटेलगत्तै माधव नेपाल भेट्न सिंहदरबारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुपकमल दाहाल प्रचण्डले गठबन्धनका शीर्ष नेताहरूसँगको भेटवार्तालाई तीव्र पारेका छन् ।

उनले बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटमा दुई शीर्ष नेताबीच मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको स्रोतले बतायो । त्यसलगत्तै प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ ।

दुई शीर्ष नेताहरुबीच बिहीबार बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भेट भएको हो । उनीहरुबिच सरकार बिस्तार र भावी राजनीतिक सहयात्राबारे छलफल भइरहेको छ।

नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका माधव नेपालको नयाँ पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिएको थियो । तर देउवा नेतृत्वको सरकार गठन भएको डेढ महिना वितिसक्दा पनि मन्त्रिपरिषद विस्तारको अझै टुंगो लागिसकेको छैन ।

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।