ओली सिंगापुर उडेको भोलिपल्टै प्रचण्ड र नेपालले किन गरे भेटवार्ता ?


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

पार्टीभित्र भएको विवाद मिलाउन दुई नेताहरुबीच प्रचण्ड निवास खुमलटारमा २ घण्टा छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली सिंगापुर प्रस्थान गरेको भोलिपल्टै दुई नेताबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । तर उनीहरुको भेटमा के विषयमा छलफल भयो भन्ने बारेमा केही खुलाइएको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement