आफु बैधानिक रुपमा नेकपा भएको प्रमाण निर्वाचन आयोगमा बुझाउँदै प्रचण्ड–नेपाल समूह

आफु बैधानिक रुपमा नेकपा भएको प्रमाण निर्वाचन आयोगमा बुझाउँदै प्रचण्ड–नेपाल समूह


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज आफु बैधानिक रुपमा नेकपा भएको प्रमाण निर्वाचन आयोगमा बुझाउने भएको छ ।

आफु बैधानिक रुपमा नेकपा भएको प्रमाण मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु, ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण लिएर नेताहरु निर्वाचन आयोगमा जान लागेका हुन् ।

स्रोतका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित सबै विवरण बुझाउन नेकपा नेताको टोली आजै निर्वाचन आयोग जानेछ । यसअघि नेकपा बनेपछि ४ सय ४१ ज्ना सदस्यको विवरण आयोगमा बुझाइएको थियो । नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सबैको विवरण, नागरिकतासहित सनाखत हुनुपर्ने व्यवस्था छ ।

सोमबार नेकपा नेता लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड–नेपालका पक्षमा रहेको जानकारी दिइसकेका छन् ।