प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन आजबाट शुरु

प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन आजबाट शुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको चौथो चरणको आन्दोलन शुरु भएको छ ।प्रतिनिधिसभा विघटन विरुद्धमा प्रचण्ड–नेपाल समूहले आजबाट चौथो चरणको आन्दोलन सुरु गरेको हो ।

आन्दालनका कार्यक्रम अनुसार आज देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लास्तरीय विरोध प्रदर्शन, सभा लगायतका कार्यक्रमहरुको आयोजना गर्ने छ । संघर्ष समितिका सचिव डा. विजय पौडेलले प्रदर्शन र सभाको नेतृत्व जिल्लास्तरीय नेताहरुले गर्ने बताए ।

त्यस्तै दोस्रो दिन अर्थात फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा अपरान्ह ४ देखि ५ बजेसम्म टुँडिखेल वरिपरि मानव साङ्लो, ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध, ७ गतेदेखि १५ गतेसम्म प्रतिगमन विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम रहेको नेकपाले जनाएको छ ।

८ गते काठमाण्डुमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम, ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध, १० गते काठमाण्डु उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध, ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध, १२ गते चितवन, फागुन २१ गते दाङ्ग र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा र संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रम, १४ गते काठमाण्डुमा युवा र्‍याली र १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाण्डुमा विरोध कार्यक्रम रहेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।