प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बुधबार बस्ने

प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठक बुधबार बस्ने


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ अध्यक्ष चयन भएका माधव कुमार नेपाललाई बधाइ तथा शुभकामना दिएका छन् ।

मंगलबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा भएको प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको बैठकले नेपाललाई अध्यक्ष पदमा चयन गरेपछि बैठकमै प्रचण्डले नेपाललाई बधाइसँगै सफल कार्यकालको शुभकामना दिएका हुन् ।

नेकपाको प्रचण्ड–नेपाल पक्षले संसदीय दलको बैठक बुधबार साढे ११ बजे बोलाउने निर्णय गरेको छ भने पार्टीको अर्को केन्द्रीय कमिटी बैठक बिहीबारका लागि तोकिएको छ ।