प्रचण्ड–नेपालको भिडियो सन्देशः माघ २८ को सभामा उपस्थित हुन आग्रह

प्रचण्ड–नेपालको भिडियो सन्देशः माघ २८ को सभामा उपस्थित हुन आग्रह


काठमाण्डु – नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गतेको जनसभामा उपस्थित हुन आग्रह गरेको छ । आइतबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संयुक्त भिडियो सन्देश जारी गरेका हुन् ।

भिडियो सन्देशमा प्रचण्ड–नेपालले २८ गते काठमाण्डुमा गर्न लागेको विरोध सभाका लागि उपस्थित हुन् आग्रह गर्दै विगतका कमी कमजोरीलाई सच्याउने बताएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध शक्ति प्रदर्शनका लागि प्रचण्ड–नेपाल समूहले २८ गते काठमाण्डुमा सभा आयोजना गर्दैछ । उनीहरूले माघ ८ गतेको भन्दा ठूलो सभा गर्ने बताएका छन् ।