काठमाण्डु – संसद विघटनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आइरहेको नेकपाको प्रचण्ड–नेपाल समूहले आज काठमाण्डुको माइतीघरमा धर्ना कार्यक्रमको आयोजना गरेको छ ।
माइतीघर मण्डलामा मध्यान्ह १२ बजे आयोजना गरिएको सो धर्ना कार्यक्रममा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल लगायत शीर्ष नेताहरु सहभागी हुँदैछन् ।
धर्नामा सहभागी हुन आज मध्याह्न अध्यक्षद्वय माइतीघर जाने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाका सांसदहरुले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि मण्डलामा धर्नामा बसेका छन् । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।




प्रतिक्रिया