काठमाण्डु – संसद् सचिवालयले नेकपाको प्रचण्ड–नेपाल समूहले दलको नेता परिवर्तन गरेको भनि दिएको पत्र दर्ता गरेको छ ।
शुक्रबार ११५ सांसदहरुको उपस्थितीमा केपी ओलीलाई संसदीय दलको नेताबाट हटाएको जानकारी गराउन संसद् सचिवालयका महासचिवको कार्यकक्ष पुगेको थियो ।
संसद् सचिवालयका महासचिव भरत गौतमले कानुनी परामर्श गर्ने भन्दै पत्र दर्ता गर्न अस्वीकार गरेका थिए तर पछि प्रचण्ड–माधव पक्षले दर्ता नगरी नजाने भनेपछि अन्तिममा पत्र दर्ता गरिएको हो ।
प्रचण्ड–नेपाल समूहको पत्रमा ११२ जना संघीय सांसद्को हस्ताक्षर रहेको छ । उनीहरुले प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरिएको र देव गुरुङलाई प्रमुख सचेतकमा निरन्तरता दिइएको सूचना दर्ता गराएका हुन् ।




प्रतिक्रिया