काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा समाजवादको नयाँ मोडेल विकास गरेर विश्वलाई देखाउनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैठौं स्मृति दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पनि संसारमा धनी र गरिबीचको खाडल फराकिलो भएको र गरिबीको दुष्चक्रमा अरबौं मानिसहरुले अहिले पनि पिल्सिएरै बसेको बताउँदै यस्तो परिस्थितिमा मानव जातीको भविष्य समाजवादमा मात्रै हुने बताए ।
प्रचण्डले नेपालमा समाजवादको नयाँ मोडेल विकास गरेर विश्वलाई देखाउनुपर्ने अवसर र चुनौती दुवै रहेको बताए । ‘नेपालबाट समाजवादको नयाँ मोडल विश्वलाई दिनुपर्दछ । समाजवादको नयाँ धारा, नयाँ सिस्टम हामीले दुनियाँलाई दिन सक्नुपर्छ,’ उनले भने ।
यस्तो अवसर विरलै आउने भन्दै प्रचण्डले त्यसका लागि पार्टी एकता सुदृढ र सरकारको काम प्रभावकारी बनाउनुपर्ने बताए । उनले भने, ‘सामाजिक न्यायसहितको समृद्धिको नयाँ मोडेल नेपालबाट दिन सक्नुपर्दछ ।
यो अवसर पार्टी एकतालाई सुदृढ बनाएर, सरकारको कामलाई प्रभावकारी बनाएर, गुणात्मक ढंगले आफ्नो काम अगाडी बढाउने बताए ।




प्रतिक्रिया