काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शिक्षामा विशेष जोड दिन आग्रह गरेका छन् ।
आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित एक विद्यालय भवनको आइतबार समुद्घाटन गर्दै उनले समृद्धीको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धी, विकास र सभ्यताको सपना पुरा नहुने बताए ।
उनले आफ्नो पार्टीले चुनावमा शिक्षामा गुणात्मक सुधार राख्ने दृढता जनतासमक्ष राखेको उल्लेख गर्दै त्यसलाई पुरा गर्न सरकारले कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षाको सुधारका लागि छुट्याउनुपर्ने बताए ।
उनले सरकारले प्रविधिमैत्री व्यवसायीक शिक्षा उपलब्ध गराउने योजना सहित व्यवसायीक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुनेगरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागिएको जानकारी समेत दिए । उनले शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको समेत बताए ।




प्रतिक्रिया