नेकपा अध्यक्ष प्रचण्ड चितवन जाँदै

नेकपा अध्यक्ष प्रचण्ड चितवन जाँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन जान भएका छन् ।

प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारी लगायतका षिषयमा जनताको अवस्था बुझ्न अध्यक्ष प्रचण्ड चितवन जान लागेका हुन् ।

पार्टीभित्र देखिएको आन्तरिक द्वन्द्वमा केन्द्रीत रहेका उनी स्थायी समिति बैठक एक साताका लागि स्थगित भएपछि शनिबार गृह जिल्ला जान लागेका उनका स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

नेकपाले साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेको छ । अविरल वर्षापछिको अवस्थालाई ध्यान दिँदै बैठक स्थगित गरिएको जनाइएको छ ।