बैठकमा नआएपछि ओलीलाई भेट्न प्रचण्ड लागे प्रधानमन्त्री निवासतर्फ

बैठकमा नआएपछि ओलीलाई भेट्न प्रचण्ड लागे प्रधानमन्त्री निवासतर्फ


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच फेरी भेटवार्ता भएको छ ।

दिउँसो १ बजे बोलाईएको नेकपा स्थायी कमिटी बैठकमा ओली उपस्थित नभएपछि प्रचण्ड ओलीलाई भेट्न प्रधानमन्त्री निवास गएका हुन् ।

यसअघि पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो । उक्त भेटमा प्रधानमन्त्री ओलीले आफूमाथि आरोप लगाइएको प्रचण्डको राजनीतिक पस्तावमा छलफल चलाउने भए आफु आउन नसक्ने बताएका थिए ।

ओली बैठकमा नआए पछि प्रचण्ड पुनः महासचिव बिष्णु पौडेललाई लिएर प्रधानमन्त्री निवासतर्फ लागेको श्रोतले बतायो ।