काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले बिहान गरेको बैठक नौटंकी भएको टिप्पणी गरेका छन् ।
बबरमहल स्थित कार्की बैंक्वेटमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एक तिहाइ भन्दा कम हुदाँ दुई तिहाइ थपेर निवार्चन आयोगमा बुझाउनु नौटंकी भएको बताएका हुन् ।
‘बिहान जे भयो नौटंकी हो । एक तिहाइ भन्दा कम सदस्य उपस्थित नभएर दुई तिहाइ भन्दा बढी सदस्य थपेर निर्वाचन आयोगमा बुझाउनु नौँटंकी बाहेक केही होइन । यो नौटंकीलाई निर्वाचन आयोग जस्ता वैधानिक संस्थाले मान्यता दिनै सक्दैनन्,’ उनले भने ।
बहुमत केन्द्रिय सदस्य आफूसँग भएको भन्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी मात्रै वैधानिक भएको दाबी गरे । ‘केन्द्रीय कमिटीको बैठकको वैधानिकता हामीसँग छ । हामीसँग ६६ प्रतिशत सदस्यको उपस्थिति छ,’ उनले भने, ‘३२ प्रतिशत नपुगेको बालुवाटार बैठकले आधिकारिकता पाउँदैन, हाम्रो पार्टीको विधान छ । निर्वाचन कानुनले हामी वैधानिक छौं ।’
ओली समुहमा ३२ प्रतिशत पनि नपुगेकाले वैधानिक हुनै नसक्ने प्रचण्डको तर्क थियो ।




प्रतिक्रिया