देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प छैनः प्रचण्ड

देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प छैनः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले देशलाई कालो सुरुङमा हालेको आरोप लगाएका छन् ।

पेरिसडाँडामा बिहीबार बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनविरुद्ध जनता सडकमा ओर्लिसकेकाले ओलीको प्रयास सफल हुन नदिने बताएका हुन् ।

‘केपी ओलीले देशलाई कालो सुरुङमा हाल्ने प्रयास गरे, तर त्यो प्रयास सफल हुन दिदैनौं । देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प छैन,’ उनले भने, ‘जनता त्यस्तो निर्णायक शक्ति हो, आफैंले ल्याएको परिवर्तन जोगाउन जनता सक्षम छन् ।’

देश जोगाउन निर्णायक संघर्षमा उत्रनुको विकल्प नरहेको भन्दै प्रचण्डले माघ २८ को विशाल जनप्रदर्शन निर्णायक हुने बताए ।

यसअघि प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध माघ ९ गते नेकपाले काठमाण्डु उपत्यकामा विशाल विरोध सभा गरेको थियो ।