बुटवल – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैले प्रस्ताव गरेको प्रधानमन्त्री नै निरंकुश बन्दा देशमा संकट आइपरेको बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओली निरंकुशताको छिट्टै अन्त्य गर्ने बताएका हुन् ।
‘अब हामीले ओलीको निरंकुशताको छिट्टै अन्त्य गर्दैछौं,’ उनले भने, ‘अब हामी विकास र समृद्धिको नयाँ योजना लिएर आउँदैछौं । अब हामी नयाँ युगतर्फ देशलाई लैजानेछौं ।’
अध्यक्ष प्रचण्डले अहिलेको राजनीतिलाई सहि बाटोमा ल्याएर दुई वर्षभित्र नेपाललाई विकासको मार्गमा डोर्याउने बताए । उनले श्री ३ हुन लागेका केपी ओलीलाई लुम्बिनीले नै धारासायी बनाउने बताए ।
प्रचण्डले केपी ओीको मात्र विरोध नगरी गलत विचार, मान्यता र गलत विधिको विरोध गरिरहेको भनेर बुझ्न समेत आग्रह गरे । उनले संसद विघटनको मुद्दा अहिले अदालतमा रहेको र आफूले अदालतप्रति कुनै आशंका गर्न नचाहेको उनले बताए ।
‘सबैभन्दा ठूलो अदालत जनताको जनअदालत हो, जनताको फैसला सबैभन्दा ठूलो हो,’ उनले भने ।




प्रतिक्रिया