काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकुहरुलाई केन्द्रमा स्थापित गरिने बताएका छन् ।
बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजमा स्थापित गर्न पूर्व लडाकुहरुको विशेष पार्टी स्थापना गर्ने बताएका हुन् ।
साथै उनले पूर्व लडाकूहरुलाई संगठनमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु कमजोरी भएको स्वीकार गरे ।
‘सबैलाई पार्टी कमिटीमा समायोजन गर्न नीतिगत निर्णय गरेका थियौं, तर कार्यान्वयन भयो कि भएन भनेर हेरिएन । त्यहाँ गल्ती भयो’, उनले भने, ‘केन्द्रीय भूमिकामा गल्ती गरे जस्तो लाग्दैन तर तलसम्म पार्टी कमिटीमा उचित जिम्मेवारी दिएर सम्मानजनक रुपमा समाजमा स्थापित गर्न सकिनँ ।’
प्रचण्डले पूर्व लडाकूहरुको उपचार, राहतका लागि आफूले पटकपटक प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको भन्दै यसअघि दिइएको सेवा सुविधा समेत खोस्ने काम भएको दाबी गरे ।
उनले नमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुनलाई उपराष्ट्रपति बनाउनुका साथै थुप्रै कमाण्डरहरुलाई केन्द्र तथा प्रदेशमा मन्त्री तथा सभामुख बनाउन भूमिका खेलेको समेत बताए ।




प्रतिक्रिया