काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै देशमा राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ११ वर्ष पुगेर १२ वर्ष लागेको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको छ । सर्वप्रथम म गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
उनले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र प्राप्तिको आन्दोलनमा ज्यान गुमाएका भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।





प्रतिक्रिया