काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका नेता माधव नेपाल निवास पुगेका छन् । आज विहानै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् ।
स्रोतका अनुसार पछिल्लो समय राजनीतिक सत्ता समीकरण मिलाउन दौडधुपमा रहेका प्रचण्ड र देउवाबीच मन्त्रिपरिषद् विस्तार, माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने विषयमा छलफल भएको छ ।
देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको संख्या र सहभागिताबारे प्रचण्डको अगुवाइमा केहि दिनदेखि छलफल जारी छ ।




प्रतिक्रिया