ठुलो लडाइं जितेर संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो : प्रचण्ड

ठुलो लडाइं जितेर संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान बचाएर ठूलै लडाइँ जितेको दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भने ‘ठूलै लडाइँ जितियो । संविधानको रक्षा गर्ने ठाउँमा आइपुगियो तर धेरै ठूला चुनौती छन् । बुद्धिमत्तताका साथ सामना गर्नुपर्छ । सजिलो छैन,’ ।

यस्तै पछिल्लो समय गठबन्धनका दलहरुबिच फाटो ल्याउने प्रयास भइरहेको भन्दै उनले गठबन्धनलाई अझ कसिलो बनाउनुपर्नेमा जोड दिए । उनले गठबन्धनको सरकालाई चुनौती रहेको भन्दै कुनै मन्त्रीलाई पनि लापरवाही गर्ने छुट नभएको बताए ।