सर्वोच्चकाे विवाद एक दुई दिनभित्रै समाधान हुन्छ : प्रचण्ड

सर्वोच्चकाे विवाद एक दुई दिनभित्रै समाधान हुन्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबारे जारी विवाद छिट्टै समाधान हुने बताएका छन् ।

बुधबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले न्यायालयको समस्या एक–दुई दिनभित्रै अदालतबाटै समाधान हुने बताएका हुन् । ‘समस्याको छिट्टोभन्दा छिटो समाधान गर्न गठबन्धन सरकारले आफ्नो–आफ्नो ठाउँबाट पहल गरिरहेको छ । आशा गरौँ, विवाद त्यहीँबाट सल्टियोस्,’ उनले भने ।

सरकारलाई सहयोग गर्न गठित पाँचदलीय गठबन्धन समन्वय समितिको बैठकले सन्तुलित वक्तव्य दिइसकेको भन्दै उनले यस विषयमा थप बोल्न आवश्यक नरहेको उनले बताए ।