आत्मसमीक्षा गरेर पार्टीमा फर्कन पूर्वमाओवादी नेतालाई प्रचण्डको अपिल

आत्मसमीक्षा गरेर पार्टीमा फर्कन पूर्वमाओवादी नेतालाई प्रचण्डको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टी विभाजन भएर कमजोर हुँदै जाँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका घटकहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् ।

प्रतिगमन र प्रतिक्रान्तिको षड्यन्त्रसँगै माओवादी आन्दोलनलाई बदनाम गर्ने षड्यन्त्रका विरुद्ध उभिन पनि माओवादी घटकहरू एकता हुनपर्ने बताएका छन् । उनले क–कसको कहाँ–कहाँ कमजोरी रह्यो भन्नेबारे खुला हृदयले आत्मसमीक्षा गर्न जरुरी रहेको पनि बताए ।

‘आजको दिन ती तमाम क्रान्तिकारी साथीहरूलाई प्रतिगमनका निम्ति कम्तीमा पनि प्रतिक्रान्तिको षड्यन्त्रको निम्ति, माओवादी आन्दोलनलाई बद्नाम गर्ने षड्यन्त्रकोविरुद्ध फेरि एकचोटी एकताबद्ध हुन म विशेष रूपले अपिल गर्न चाहन्छु’, २७ औँ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हामी सबैले आत्मसमीक्षा गरौँ । क–कसले कहाँ–कहाँ के कति कमजोरी गर्‍यो ? खुला हृदयले आत्मसमीक्षा गर्न तयार होऔँ ।’

माओवादीभन्दा बाहिरका क्रान्तिकारी, इमान्दार र परिवर्तनको पक्षधर कम्युनिस्ट पार्टीहरू पनि एकताबद्ध हुनुपर्नेमा जोड दिए । एकताबद्ध हुँदा समाजवादी क्रान्तिको यात्रामा अघि बढ्न सकिने प्रचण्ड बताउँछन् ।