मुलुकको समृद्धि नेकपाबाट मात्रै सम्भव : प्रचण्ड


चितवन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्धिका लागि सबै युवाहरु नेकपामा गोलबद्ध हुन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस चितवनमा आवद्ध तरुण दलका १ सय ३५ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सबै युवाहरु नेकपामा गोलबद्ध भएमात्रै सोचेको समृद्धि प्राप्त हुने बताए ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले मुलुकको समृद्धिका लागि नेकपा नेतृत्वको विकल्प नभएको बताए । अध्यक्ष प्रचण्डले युवालाई देश जिम्मा लगाएर आफूहरु जाने बताए । प्रचण्डले पार्टी प्रवेश गरेकालाई टीका र खादा लगाएर स्वागत गरे ।

नेकपा प्रवेश गर्नेहरुमा पूर्वी चितवनका तरुण दल क्षेत्रीय सदस्यहरु सन्तोष गुरुङ, दीपक थापा, सुदन श्रेष्ठ, चोक बहादुर गुरुङ, प्रनिल तामाङ लगायत छन् । उनीहरुले मुलुकको समृद्धि नेकपा नेतृत्वबाट मात्रै सम्भव हुने भएकाले कांग्रेस परित्याग गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement