एकता भाँड्न केही तत्वहरु सक्रिय भए : प्रचण्ड

एकता भाँड्न केही तत्वहरु सक्रिय भए : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन माओवादी र एमालेबीच भएको एकता भाँड्न केही तत्वहरु सक्रिय भएको बताएका छन् ।

शुक्रबार तत्कालीन नयाँ शक्ति पार्टीका नेता देवेन्द्र पौडेल, पूर्वमन्त्री कल्पना धमलासहितका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउँदै प्रचण्डले एकता पक्रिया सुरु हुँदाको समयदेखि नै एकता भाड्नकै लागि केही मानिसलाई युरोप घुमाएको बताउँदै त्यस्ता तत्वहरुदेखि सतर्क रहन आग्रह गरका छन् ।

त्यस्तै अध्यक्ष प्रचण्डले डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण, मोहनविक्रम सिंह, चित्रबहादुर केसी, नारायणमान विजुक्छे, नेत्रविक्रम चन्द विप्लव लगायतको नामै लिएर उनीहरुको वौद्धिकताको महत्व र भूमिका कम्युनिस्ट पार्टीमा भएको भन्दै उनीहरुलाई नेकपामा फर्कन पनि आग्रह गरेका छन् ।

उनले सवैलाई एकतामा आउन आग्रह गर्दै पुराना नेतालाई कसरी सम्झाउने भन्ने चिन्ता रहेको बताए । सरकार विकास र समृद्धिको यात्रामा अगाडि बढेको र जनअपेक्षा अनुसार नै काम गरिरहेको बताउँदै उनले सरकारलाई बदनाम बनाउन गलत प्रचार गरिएको बताए ।