माधवजीसँग भर्खर लभ परेको थियो, अदालतले डिभोर्स गराईदिएपछि रुँदैरुँदै बस्नुपर्‍या छः प्रचण्ड

माधवजीसँग भर्खर लभ परेको थियो, अदालतले डिभोर्स गराईदिएपछि रुँदैरुँदै बस्नुपर्‍या छः प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतले लभ परेको श्रीमान् श्रीमतीको डिभोर्स गरिएको बताएका छन् ।

पेरिसडाँडामा माओवादी केन्द्र कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अदालतले विचित्रको फैसला गरेर लभ परेको श्रीमान् श्रीमतीको डिभोर्स गरिदिएको बताएका हुन् ।

‘हाम्रो बडो लभ परिरहेको थियो । तपाईंहरूले देख्नुभयो नी । २८ गतेको आमसभामा म कसरी बोले, माधवजी, झलनाथ जी कसरी बोल्नुभयो । लभ नपरेको भए त्यसरी बोलिने थिएन नी त । बडो लभ परेको श्रीमान् श्रीमतीलाई अदालतले डिभोर्स गरिदिन पाउँछ?’, उनले प्रश्न गर्दै भने ।

प्रचण्डले नेकपाको एकता भंग हुनुअघि माधव नेपाल समूहसँग आफ्नो लभ पर्दा पर्दै छुटाइदिएको आरोप लगाए । उनले भने, ‘लभ परि रहेकोलाई डिभोर्स गरेको यो त प्राकृतिक रुपमा पनि अन्याय भयो । कतैबाट पनि मिल्ने कुरा हो त ? अहिले दुलहा दुलही रुँदै रुँदै आआफ्नो घरमा बसिरहनुपरेको छ । अदालतको निर्णय अप्राकृतिक, अस्वभाविक, अनैतिक भयो नी त । सेटिङमा भयो हामीले लभ गर्नु हाम्रो के दोष भयो । मिलाएरै लगेका थियौँ । फेरि पनि कम्युनिस्ट आन्दोलन आवश्यक छ ।’

प्रचण्डले केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरेका छन् । नेकपाको कमाण्ड गरेर आफू लगायत एमालेका नेताहरुले समेत केपी ओली प्रवृत्तिविरुद्ध संघर्ष गरेको बताए । ‘नेकपामा केपीलाई कारवाही मैले मात्रै ग¥या हो त ? नेकपा एमालेको नेताहरुले पनि उनको विरुद्ध संघर्ष गरेका हुन् । र, ओलीमाथिको कारवाही वैधानिक, संविधानत र राजनीतिक दल सम्बन्धी ऐन अनुसार नै हो ।’