वाम गठबन्धनले कांग्रेसलाई सहयोग? यस्तो छ प्रचण्डको व्याख्या


 पोखरा– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बामपन्थी गठबन्धनले कांग्रेसलाई एकतावद्ध हुन सहयोग पुगेको बताएका छन्।

 

 

कास्कीको लेखनाथमा लेखनाथ साना शहरी खानेपानीको अधिवेशन उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी वैचारिक आस्था र आफ्नो राजनीतिक मान्यताभित्र रहेर बामपन्थीहरुको तालमेल र एकताको प्रयास गरेका छौं। यसले देशको राजनीतिक स्थिरता र समृद्धिमा सहयोग नै पुगेको छ। हाम्रो तालमेलपछि नेपाली कांग्रेसका नेताहरु पनि सक्रिय हुनुभएको छ। बामपन्थीहरुको तालमेलले कांग्रेसलाई एकतावद्ध हुन सहयोग नै पुगेको छ।’

 

अब देशमा धेरै दलको अस्तित्व नरहने उल्लेख गर्दै प्रचण्डले विचार मिल्ने शक्तिहरुको राजनीतिक ध्रुवीकरण र एकताको प्रकिया तिब्र बनेर जाने बताए।

 

 

माओवादी र एमालेको तालमेलपछि राजनीतिमा नयाँ तरङ्ग आएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस
Advertisement