राष्ट्रपतिले राजीनामा दिने चर्चापछि प्रचण्ड र उपराष्ट्रपति पुनबीच भेटवार्ता

राष्ट्रपतिले राजीनामा दिने चर्चापछि प्रचण्ड र उपराष्ट्रपति पुनबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपराष्ट्रपति नन्दकिशोर पुनबीच भेटवार्ता भएको छ । शनिबार लैनचौर स्थित उपराष्ट्रपति निवासमा प्रचण्ड र पुनबीच भेटवार्ता भएको हो ।

सरकारले प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाएकी थिइन् । नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बुँदागत सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएपछि उनको कदमको पक्ष र विपक्षमा मत देखिएको छ ।

जनस्तरको ठूलो तप्काले सार्वजनिक सञ्जालको माध्यमबाट राष्ट्रपतिको कदमको खुलेर प्रशंसा गरेका छन् ।  सत्ता गठबन्धनका दल तथा नेता-कार्यकर्ताले भने राष्ट्रपतिले बहुसङ्ख्यक जनप्रतिनिधि तथा संसद्कै अवमूल्यन र अपमान गरेको आरोप लगाउँदै उनकाे आलोचना गरेका छन् । मधेसकेन्द्रीत राजनीति गर्दै आएका कतिपयले नेताहरूले भने राष्ट्रपति एवम् सो संस्थाकै मानमर्दन हुने गरी उग्र प्रतिक्रिया दिएको पनि पाइएको छ ।

यसैबीच गठबन्धन सरकारले प्रतिनिधिसभाबाट उक्त विधेयक पुन हुबहु पारित गरेको छ । यस्तो अवस्थामा अब राष्ट्रपति भण्डारीले पदबाट राजीनामा दिन सक्ने आँकलन हुन थालेका छन् । पछिल्लो समय राष्ट्रपति भण्डारीले राजीनामा दिने चर्चा चलिरहेका बेला प्रचण्ड र उपराष्ट्रपति पुनबीच भेटवार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रियसभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचार गर्न भन्दै फिर्ता गरिएको तर प्रतिनिधिसभाले जस्ताको तस्तै पुनः पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७१ पेस गर्ने तयारी छ । राष्ट्रियसभा बैठक १२ गतेका लागि बोलाइएको छ ।