प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटार पुगेका थिए ।

बालुवाटारमा उनीहरुबीच राष्ट्रपतिको चुनाव र चितवन २ मा हुने उपनिर्वाचनका विषयमा छलफल भएको जनाइएको छ । लामिछानेलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न प्रचण्डले सहमत नभएपछि उनी नेतृत्वको पार्टी सरकारबाट बाहिरिसकेको छ । सरकारबाट बाहिरिए पनि रास्वपाले समर्थन कायमै राखेको छ ।