गृहमन्त्री बादल भेट्न पुल्चोक पुगे अध्यक्ष प्रचण्ड

गृहमन्त्री बादल भेट्न पुल्चोक पुगे अध्यक्ष प्रचण्ड


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमद लाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गर्न पुल्चोक पुगेका छन् । सोमबार दिउँसो अध्यक्ष प्रचण्ड गृहमन्त्री बादलसँग भेट गर्न पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न अध्यक्ष प्रचण्ड पुल्चोक पुगेका हुन् । पूर्वमाओवादीकाे कोटाबाट मन्त्री बनेका बादल पछिल्लो समय प्रधानमन्त्री ओली निकट मानिँदै आएका छन् ।