माओवादी जनयुद्धः जब सम्धीले नै प्रचण्डलाई ‘ग्रिनेड’ चलाउन सिकाए…


काठमाण्डु – रेणु दाहाल १८ वर्षकी थिइन् । उनका बाबु पुष्पकमल दाहाल प्रचण्डले सन् १९९६ फेब्रुअरीमा नेपालमा राजतन्त्रविरुद्ध सशस्त्र युद्धको घोषणा गरे । त्यस बेला प्रचण्डको उमेर ४४ थियो । १८ वर्षकी छोरीलाई आफ्ना बाबु गोलाबारुद र बन्दुकका साथमा देख्दा कस्तो लाग्छ होला ? रेणु भन्छिन्, ‘त्यो बन्दुक न्याय र निरंकुश शासनका विरुद्धमा थियो ।’

प्रचण्ड आफ्नो परिवारसँग धेरै समय टाढा हुन्थे । रेणु आफ्ना बाबु र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र आन्दोलनमै हिँडिन् । तर, प्रचण्ड नेपालका तत्कालिन शाही व्यवस्थासँग लड्दै गर्दा यो पनि कहिल्यै भूल्न पाएनन कि आफ्नी छोरी पनि छन् । उनलाई थाहा थियो कि म एक पिता पनि हुँ र उनको जिम्मेवारी पनि ममा छ । प्रचण्डलाई थाहा थियो कि यो युद्ध दुई चार महिनामा सकिनेवाला थिएन यस्तो अवस्थामा मेरी छोरीको भविष्य के हुन्छ ? प्रचण्ड तीन छोरी र एक छोराका बाबु थिए । ठूली छोरी ज्ञानु, गंगा र कान्छी रेणु र छोरा प्रकाश ।

   

ज्ञानुको विवाह सन् १९९३ मा ‘जनयुद्ध’ सुरु हुनुभन्दा तीन वर्ष पहिले भएको थियो । दुई छोरी रेणु र गंगा सानै थिए । जब राजसंस्थाविरुद्धको आन्दोलन चर्किरहेको थियो । नेकपा(माओवादी)भित्र रेणुको विवाहलाई लिएर छलफल सुरु भयो । पार्टीको बैठकबाट रेणुको विवाहको प्रस्ताव पास भयो । जनयुद्ध सुरु हुनुभन्दा एक वर्ष अगाडि १९९७ मा रेणुलाई पार्टीको निर्णयबारे जानकारी गराइयो । त्यो बेला रेणु १९ वर्षकी मात्रै थिइन् । उनलाई विवाह गर्ने केटासँग भेट गर्न भनियो । उनी केटा हेर्न गइन् । उनी केटाका घरमा दुई दिन बसिन ।

उनले भनिन्, ‘केटा केटी हेर्न जान्छन् तर, म केटा हेर्न गएँ । म केटाका घरमा दुई दिन बसें । तर, मलाई विवाह गर्ने मन थिएन । त्यो बेला मेरो उमेर पनि सानै थियो । तर, मेरा बुवा त्यो अवस्थामा हुनुहुन्थेन । कि मलाई सँधै साथमा राख्न सक्नुहुनेछ । पार्टीको निर्णय मेरो विवाह गर्नेपर्ने थियो । तै पनि मेरो फिलिङ बुबालाई भन्न त सक्थें नि ! त्यसपछि मैले बुवालाई म विहे गर्दिन भनें । उहाँले जवाफ दिनुभयो– क्रान्तिका लागि मानिस ज्यान दिइरहेका छन् तिमि विवाह गर्न सक्दिनौं ? तिम्रो विवाह क्रान्तिका लागि महत्वपूर्ण छ । त्यसपछि म निःशब्द भएँ ।’

रेणु थप्छिन्, ‘यदि कुनै क्रान्ति छ भने मात्र क्रान्तिले काम गर्दैन । जीवनको बाँकी काम पनि यही अवधिमा हुन्छ । क्रान्ति र प्रेम सँगै जान्छ । यदि प्रेम क्रान्तिमा सहभागी बन्छ भने क्रान्तिका बखत यो प्रेममा खस्दछ । मेरो विवाह पनि यस यात्राको एक हिस्सा हो ।’

लखनउमा कसरी भयो विवाह ?

जालन्धरमा रेणु जुन केटाको घर गएकी थिइन् उनको नाम अजुर्न पाठक हो । अर्जुन जालन्धरमा डिएवीमा पढ्दै थिए । त्यो बेला अर्जुन २१ वर्षका थिए । उनी सन् १९९७ सालको त्यो समय सम्झिन्छन्, ‘हामी दुईबीच धेरै कुरा भएन । विवाहको निर्णय पार्टीको थियो । हामी पार्टीको सिद्धान्त र फैसलामा बाँधिएका थियौं । साच्चै भन्दा विवाह गर्न मलाई पनि मन थिएन ।’

तर, फेब्रुअरीमा लखनउको लिला होटलमा लुकेर विवाह भयो । उनीहरुसँगै उनी दिदी गंगाको पनि विवाह भएको थियो । रेणु भन्छिन्, ‘आधा घन्टाभित्र दुई बहिनीको विवाह भयो । लखनउमा प्रहरी प्रशासनलाई थाहा हुनुहुँदैन थियो । यो विवादमा थोरै मात्र मानिस उपस्थित थिए । दुई पक्षका बाबु आमा र पार्टीका केही नेता । बाबुराम भट्टराईकी पत्नी हिसिला यमी र वर्तमान गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित हुनुहुन्थ्यो ।’

अर्जुन थप्छन्, ‘विवाहको समयमा म बीएस्सी दोस्रो वर्षमा अध्यनरत थिएँ । पार्टीले केटाकेटीलाई साथमा राखेर आन्दोलन हुन सक्दैन । पार्टीका नेताहरुले केटाकेटीको सेटल गर्ने निर्णय लिनुभयो । प्रचण्ड जब भूमिगत हुनुभयो तब यो विवाह भएको थियो । यो विवाह पनि भूमिगत नै थियो । भारतीय प्रहरी प्रशासनबाट पनि बच्नु थियो । यो जनवादी विवाह थियो र सोही अनुसार सम्पन्न भयो ।’

अर्जुन र रेणु प्रचण्डले समयको माग अनुसार बन्दुक उठाएको दाबी गर्छन् । किनकि प्रणाली बहिरो थियो र अर्को तरिका सुन्न तयार पनि थिएन ।

अर्जुन भन्छन्, ‘राजतन्त्र जाँदैन थियो । बन्दुक उठाउनु बाध्यता थियो । तर, हामीले जे सोचेका थियौं अहिले त्यो भएन । अझै केही हुन बाँकी नै छ । अब समय परिवर्तन भइसकेको छ । हामी धेरै अगाडि बढिसकेका छौं । अब फेरी नेपालमा राजतन्त्र आयो भने हामी बन्दुक उठाउन सक्दैनौं । यो त्यति सजिलो छैन् । हामीलाई त्यो बेला जनताको जुन समर्थन थियो अब धेरै मुस्किल छ । नेपालको जनयुद्ध धेरै लामो प्रक्रियाबाट सुरु भएको थियो । अबको माहोल परिवर्तन हुन समय लाग्छ ।’

रेणु चितवनको भरतपुर महानगरपालिकाकी मेयर छिन् भने अर्जुन सोसल साइन्समा पीएचडी गर्दैछन् । अर्जुन गुल्मीमा जन्मिएका हुन् । अर्जुनका बाबु टेकबहादुर पाठक १९६७ मा भारतीय सेनामा भर्ती भएका थिए । अर्जुन सात वर्षको उमेरमा भारत गए ।

टेकबहादुरले भारतीय सेना बीचमै छोडे । उनी पनि भारतीय सेनाबाट बाहिरिएपछि कम्युनिष्ट आन्दोलनमा जोडिए । फौजको जागिर छोडेपछि उनी नेपाल आए । त्यसपछि उनलाई लाग्यो कि मेरो जीवन कसरी चल्छ ? पैसा छैन् । त्यसपछि उनले पढाई सुरु गरे र भारतको जालन्धरमा एक बैंकमा जागिर खाए । तर पनि टेकबहादुरको मन नेपालको राजसंस्था हटाउनमा नै थियो ।

उनले बैंकको जागिर गर्दै भारतमा काम गर्ने नेपालीलाई एकजुट बनाउन सुरु गरे । यसका लागि उनले ‘नेपाल एकता समाज परिषद्’ नामको एक संगठन बनाए । पाठकले भारतका सबै ठाउँमा बैठक गरे । पाठक काम र आन्दोलन दुवै चिज एकैचोटी गर्दथे । उनले आफ्ना बैंक मेनेजर र धेरै भारतीयलाई नेपालमा निरंकुश राजतन्त्र छ । नेपालमा पनि भारतमा जस्तै लोकतन्त्र महत्वपूर्ण छ भनेर सुनाए ।

पाठक भारतका जनताले नेपालमा लोकतन्त्रको लडाईमा धेरै मद्दत गरेको स्मरण गर्छन् । सन् १९८५ मा गोखपुरमा टेकबहादुरले पहिलो पटक प्रचण्डको भाषण सुने । पाठकलाई प्रचण्डको उक्त प्रस्तुती जोडदार लाग्यो । उनी कम्युनिष्ट आन्दोलनमा प्रचण्डबाट प्रभावित भए । सन् १९८८ मा टेकबहादुर नेपाल आए । माओवादी पार्टीका शीर्ष नेतृत्वलाई सूचना आयो कि टेकबहादुर भारतीय सेनाबाट बाहिरएका छन् उनले माअ‍ोवादीलाई हतियार चलाउन र ट्रेनिङ्ग दिन सक्छन् ।

उनी भन्छन्, ‘गृहमन्त्री रामबहादुर थापा बादलले मलाई गाइड गर्न गोरखा जिल्ला जिल्ला पुर्याए । रातको समय जंगलको बाटो जानुपर्ने थियो । जंगलमा एक हप्ता माओवादीलाई हतियार चलाउन र दुश्मनबाट बच्नेबारे ट्रेनिङ दिएँ । यसमा प्रचण्डसहित सबै ठूला नेता सहभागी थिए । दिउँसो सैद्धान्तिक ट्रेनिङ्ग हुन्थ्यो । यो ट्रेनिङ्ग हुँदा राजतन्त्रविरुद्ध युद्ध सुरु भइसकेको थियो । ’

उनी भारतमा काम गर्ने नेपालीबाट चन्दा उठाएर पार्टीलाई सहयोग पठाउँथे । पाठक भन्छन्, ‘ट्रेनिङ्गको समयमा प्रचण्ड र मेरो मित्रता सुरु भयो । प्रचण्ड ग्रिनेड र टायम बम बनाउन पनि जान्नुुहुन्थ्यो । उहाँको निशाना पनि अचुक थियो । प्रचण्डलाई पेट्रोल बम र रेडियो बम बनाउन पहिलेबाटै आउँथ्यो । जनयुद्धको एक वर्षपछि सन् १९९७ मा बादलको (अर्जुन र रेणु) विवाहको प्रस्ताव लिएर दिल्ली आएँ । म पनि जालन्धरबाट दिल्ली गएँ । मैैले विवाहका लागि सहयोग गरें । विवाहपछि दुवै जना मसँगै बसे । रेणु र अर्जुन पनि पार्टीको काममा लागिसकेका थिए । रेणु पार्टीमा संगठन विस्तार गर्दै महिलालाई एकजुट बनाउँथिन् ।’

नेपालमा राजतन्त्र सकिने समय अथवा सन् २००८ मा टेकबहादुर पाठकले भारतीय ओभरसिज बैंकको जागिर छोडे । उनले अझै पनि पेन्सन पाउँदै आएका छन् । जालन्धरमा उनको आफ्नै घर थियो । तर, उनले त्यो घर सन् २०१५ मा बेचेर काठमाण्डुमा नयाँ घर बनाए ।

भारतीयको समर्थन

राजतन्त्र सकिएपछि प्रचण्ड सन् २००८ मा नेपालको प्रधानमन्त्री भए । एक वर्षभित्र तत्कालिन प्रधानसेनापति रक्माङ्गद कटुवालसँग विवाद भएपछि उनले राजीनामा दिनुपर्यो । रेणु भन्छिन्, ‘एक कर्मचारीसँगको विवादलाई लिएर राजीनामा दिनुुहँदैन थियो । मानिसहरुका लागि यो एक प्रेरणादायी निर्णय थियो । किनकी एक सन्देश गयो– प्रचण्डका लागि कुर्सीको मोह कारण थिएन की व्यवस्था परिर्वन नै मुख्य लक्ष्य थियो ।’

रेणुकाअनुसार नेपालमा क्रान्ति ल्याउन भारतीय जनताको पनि महत्वूर्ण भूमिका छ । उनी भन्छिन्, ‘राजनीतिक स्तरबारे चाहे जे होस् तर, नेपाल र भारतका सबै जनताकाबीच राम्रो सम्बन्ध छ ।’

प्रचण्डले आफ्नो जीवनमा धेरै संघर्षको सामना गर्नुपर्यो । तर, २०१७ उनका लागि धेरै दुःखद् क्षण रह्यो । उनका एक छोरा प्रकाश दाहालको ३६ वर्षको उमेरमा मृत्यु भयो । यो भन्दा पहिले प्रचण्डकी छोरी ज्ञानुको पनि क्यान्सरका कारण मृत्यु भएको थियो । प्रचण्डकी पत्नी सिता पनि धेरै रोगबाट पीडित छिन् । उनको उपचार अझै पनि जारी छ । बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस
Advertisement