माओवादी युद्धको ऐतिहासिक रोल्पाले अशान्तिमात्र होइन, विकास पनि गर्न सक्छ : प्रचण्ड

माओवादी युद्धको ऐतिहासिक रोल्पाले अशान्तिमात्र होइन, विकास पनि गर्न सक्छ : प्रचण्ड

स्थानीय तहको निर्वाचनमा एक्लै जान पनि तयार छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा विकास निर्माणमा अघि बढेको बताएका छन् । सोमबार जिललको रोल्पा नगरपालिकामा बनेको भ्यूटावरको उद्घाटन गर्दै प्रचण्डले माओवादी युद्धको ऐतिहासिक रोल्पा विकास निर्माणमा अघि बढेको बताएका हुन् ।

उनले रोल्पामा अशान्ति र ध्वंशमात्र होइन विकास निर्माण पनि हुने दावी गरे । ‘माओवादी युद्धको ऐतिहासिक रोल्पा अशान्तिमात्र होइन, ध्वंश मात्र पनि होइन, निर्माण पनि गर्न सक्छ । यो भ्यूटावरसहितले देखाएको छ,’ प्रचण्डले भने, ‘सहिदलाई स्मरण गरेर काम गर्नुहोस् । रोल्पा माओवादी युद्ध संग्राहलय बन्न सक्छ ।’

रोल्पाको विकास र समृद्धिका लागि आफूले सकेको सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता छ । त्यसैगरी प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । ‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय तहको चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताएका छन् ।