ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

जसपामा उपेन्द्र र बाबुराम बेखबर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् ।

संसद्को हिउँदे अधिवेशन, कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका विषयमा सुझाव लिने लगायत प्रयोजनका लागि प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् ।

प्रचण्ड ओलीले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने उनका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए । प्रचण्डले बैठक बालुवाटारमा नभई सिहंदरबारमा राखे मात्र आफु सो बैठकमा सहभागी हुने अडान राखेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार प्रचण्डलाई फोन गरेर बालुवाटार बोलाएका थिए । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । कांग्रेस सभापति शेरवहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका अन्य दलका नेता बैठकमा सहभागी हुनेछन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने बैठकको जानकारी नभएको जसपा नेता विश्वदीप पाण्डेले जानकारी दिए ।