संसद बैठक बस्ने पूर्वसन्ध्यामा प्रचण्ड, नेपाल र सभामुखबीच भेटवार्ता

संसद बैठक बस्ने पूर्वसन्ध्यामा प्रचण्ड, नेपाल र सभामुखबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपाका प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्नी सापकोटासँग भेटवार्ता गरेका छन् ।

प्रचण्डले आज बिहान सभामुख निवास लैनचौर पुगेर सभामुख सापकोटासँग करिब १ घण्टा भेटवार्ता गरेका हुन् । उक्त भेटवार्तामा माधव कुमार नेपाल र जनार्दन शर्मा पनि सहभागी थिए ।

श्रोतका अनुसार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने लगायतका विभिन्न बिषयमा छलफल भएको छ ।

सोमबार राष्टपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसअनुसार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन बोलाएकी छिन् ।

संसद बैठक बस्ने पूर्वसन्ध्यामा प्रचण्ड–नेपाल समूहका नेताहरुले सभामुख सापकोटालाई भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सर्वोच्च अदालतले गएको फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरेको थियो । प्रधानमन्त्रीको राजीनामादेखि उनीविरुद्धको अविश्वास प्रस्तावलगायतका विषयमा छलफल हुने ठानिएको संसदको आगामी बैठकलाई राजनीतिक रूपले निकै महत्वका साथ हेरिएको छ ।